back

गरिमा विकास बैंकको १३ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २ अर्ब ७८ करोड पुग्यो

वि.सं.२०७५ असोज २७ शनिवार

342 

shares
GLOBAL IME AD
NTC AD

२७ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको १३.७५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले अब सेयरधनीलाई १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । त्यसैगरी, उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असोज १२ गतेसम्म कारोबार गरेका विकास बैंकका सेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७५ असोज २७ शनिवार ०९:४० मा प्रकाशित

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले...

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक...

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...