back

सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको छ : श्रममन्त्री

वि.सं.२०७५ असोज २७ शनिवार

501 

shares

२७ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी,अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताएका छन् ।

बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा आज मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

मन्त्री विष्टले मुलुकमा पर्याप्त रोजगारीका अभावमा घर परिवार र मातृभूमिबाट टाढा परदेशी भूमिमा रहेका लाखौँ नेपाली रगत र पसिना बगाउँदै अत्यन्त जोखिमपूर्ण काम गर्नुपरेको स्मरणसमेत गरे ।

उनले भने, “दशैँमा आफ्नो घर आउने चाहना हुँदाहुँदै पनि कयौँ युवा घर फर्कन सक्नुभएको छैन । सरकार विदेशी भूमिमा नेपाली युवाले गरेको मेहनतलाई सम्मान गर्दछ । तपाईहरु स्वदेश फर्कदा जन्मभूमिमै श्रम गरी सम्मानजनक जीवनयापन गर्न पाउने गरी रोजगारीका अवसर वृद्धि गर्न सरकार क्रियाशील छ ।”

सबैले देश निर्माणमा योगदान गर्नुपर्ने बेला आएको बताउँदै उनले मरभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी नेपाली हातले नेपाल बदल्न सक्ने विश्वास व्यक्त गरे । पारिवारिक पुनर्मिलनको दृष्टिले दशैँ निकै महत्वको चाड भएको उल्लेख गर्दै उनले नेपालका चाडपर्वले सबै नेपालीलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने बताए ।

वि.सं.२०७५ असोज २७ शनिवार १०:११ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...