back

नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

वि.सं.२०७५ असोज २७ शनिवार

312 

shares
GLOBAL IME AD
NTC AD
२७ असोज, किङ्शास । लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ ।

उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।
उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन् ।
उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो ।
कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ ।
अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो ।
यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज २७ शनिवार १३:४३ मा प्रकाशित

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...