back
CTIZAN AD

नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

वि.सं.२०७५ असोज २७ शनिवार

624 

shares
२७ असोज, किङ्शास । लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ ।

उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।
उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन् ।
उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो ।
कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ ।
अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो ।
यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज २७ शनिवार १३:४३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...