back
CTIZAN AD

आफ्नो देशको पत्रकार खोज्न टर्की पुग्यो साउदी टोली

वि.सं.२०७५ असोज २७ शनिवार

744 

shares

२७ असोज, अङ्कारा । टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ ।
राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो ।
साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिलेर दुवै पक्षको संयुक्त टोलीमार्फत खोजी गर्ने योजना बनाएको छ ।
टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका थिए ।

पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बन्नु भएका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ देखि बेपत्ता भएका थिए ।
टर्कीकी एउटी महिलासँग विहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावास गएका थिए ।
टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ ।

वि.सं.२०७५ असोज २७ शनिवार १४:०९ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...