back
CTIZAN AD

इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

वि.सं.२०७५ असोज २८ आइतवार

639 

shares

२८ असोज, नुसा डुआ, इन्डोनेसिया ।  विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।

हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका छन् ।

इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ ।

बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ । साथै उक्त रकमलाई पुनरुद्धारका कार्यहरु सञ्चालन गर्न तथा आगामी दिनमा प्राकृतिक विपदाबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी गर्न र पूर्व तयारी गर्न खर्च गरिनेछ ।

पालुको भूकम्प र सुनामीबाट करिब ९० हजार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विस्थापितलाई स्थायी बसोबासको व्यवस्था गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

दातृ निकायहरुले करिब २ लाख मानिसलाई सफा खानेपानी र औषधि उपचारको सख्त जरुरी भएको बताएका छन् । स्थानीयबासीका लागि सहयोग जुट्नेक्रम बढेपनि लक्षित समुदायसम्म पुग्न कठिनाइ भइरहेको छ ।

इन्डोनेसियाको लोम्बोकमा यसै वर्ष आएको भूकम्पले ५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय जोखिमबाट उच्च खतरामा रहेको इन्डोनेसियामा सन् २००४ मा आएको ९।१ म्याग्नीच्यूडको भूकम्पका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज २८ आइतवार १६:५७ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...