
२९ असोज, काठमाडौं । सिक्टा सिँचाइ आयोजनाको मूल नहर माटोको घुलनशीलताका कारण भत्किएको उर्जा, जलश्रोत तथा सिँचा मन्त्रालयद्धारा गठित छानविन समितिले निष्कर्ष निकालेको छ ।
मन्त्रालयले सहसचिव सुशील चन्द्र तिवारीको संयोजकत्वमा २३ साउनमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । सो निष्कर्ष सहितको प्रतिबेदन मन्त्रालयमा बुझाईको बताइएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रतिवेदनका अनुसार नहर निर्माण भएको ठाउँमा माटो पानीमा घुल्नु र माटोको घुलनशीलताबारे कुनै अध्ययन नहुनुजस्ता कारणले नहर भत्किएको उल्लेख गरेको जनाएको छ ।
वि.सं.२०७५ असोज २९ सोमवार ०७:४२ मा प्रकाशित
























