
२९ असोज, काठमाडौं । पर्वत जिल्लाको पैञ्यू गाउँपालिका ३ बेउलीवास गोहपुकमा कुश्माखर भुसाल ‘आशिष’ को श्रदान्जली सभा आयोजना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी पर्वतको जिल्ला पार्टी सचिव रहेका आशिषको स्मृतिसभामा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुले उनको राजनैतिक जीवनका बारेमा बोलेका थिए ।
कार्यक्रमको अतिथि रहेका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’ ले संभावना भएको नेत गुमाउनु पर्दा पार्टी र देशलाई अपुरणीय क्षति भएको बताएका थिए ।
यसैगरी कार्यक्रममा उपस्थित नेकपाका केन्द्य्रीय सदस्य राजकाजी गुरुङ, पूर्वसभासद गुणाखर वस्याल, नेकपाका नेता गगन थापा ‘प्रदीप’ रेशमलाल सापकोटा, ख्याम प्रसाद सापकोटा, थानेश्वर भुसाललगायतले उनको योजदानका बारेमा चर्चा गरेका थिए । सो पार्टीका जिल्ला इन्चार्ज तेजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन तीलक अधिकारीले गरेका थिए ।
वि.सं.२०७५ असोज २९ सोमवार १४:४९ मा प्रकाशित