३० असोज, काठमाडौ । घुससहित समातिएका र विभिन्न अनियमितााको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासतनै भरिएको छ । पछिल्लो समय हरेक दिनजसो कर्मचारी घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दसैँका बिदामा अदालत बन्द भइसके पछि पनि पक्राउ परेका छन् ।
आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
अदालत घटस्थापना देखिनै बन्द भइसकेको छ । यसकारण पनि अख्तियारको हिरासतमा चाप बढेको हो । हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयको हिरासतमा समेत राख्ने गरेको छ ।
त्यस्तै अख्तियारको हिरासतमा दसैँ मनाउने हरुमा डिएसपीदेखि सहसचिवसम्म छन् । उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्त (सहसचिव) सुरेन्द्र बहादुर थापादेखि डिएसपी श्याम कुमार राईको दसैं अख्तियारको हिरासतमा बित्नेछ ।
वि.सं.२०७५ असोज ३० मंगलवार ०८:२० मा प्रकाशित