back

विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पहिलो खेल हुने

वि.सं.२०७५ असोज ३० मंगलवार

549 

shares

३० असोज, काठमाडौँ । पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ । सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको खेल तालिकाअनुसार आगामी कात्तिक ९ गते उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने भएको छ ।

त्यसैगरी दोस्रो दिन (कात्तिक १० गते) शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडाँै रोयल्स र धनगढीबीच हुनेछ ।

कात्तिक ११ गते विराटनगरले धनगढीसँग खेल्नेछ । सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । कात्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छ ।

प्रतियोगितको विजेताले रु २५ लाख पाउनेछ पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन् ।

यसअघि प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिइएको छ । प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोज टोलीको स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्स टोली स्वामित्व रामबहादुर विष्टसहित युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहित टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् ।

वि.सं.२०७५ असोज ३० मंगलवार ०९:०७ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...