back
CTIZAN AD

सञ्चारमाध्यम विरोधी डिजिटल कानूनको बङ्गलादेशका सम्पादकद्वारा विरोध

वि.सं.२०७५ असोज ३० मंगलवार

603 

shares

ढाका ।  हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् ।

आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी गरेको कानूनको पछिल्लो संशोधनले प्रधानमन्त्री शेख हसिनालाई विवादमा तानेको हो ।

बङ्गलादेशको सम्पादकहरूको माथिल्लो निकाय सम्पादक परिषदका १६ सदस्यहरूले राजधानी ढाकास्थित नेशनल क्लब अगाडी उत्रेर सरकारको उक्त कदमप्रति विरोध जनाएका हुन् ।

बङ्गलादेशमा मानव साङ्लो बनाएर गरिने प्रदर्शनलाई विरोधको प्रसिद्ध तथा सशक्त उपायका रूपमा लिने गरिन्छ ।

सम्पादकहरूको विरोध कार्यक्रममा सहभागीले ‘डिजिटल सेकुरिटी एक्ट–२०१८’ लाई सञ्चारमाध्यम विरोधी कानूनका रूपमा ल्याइएको ऐन भन्दै यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताएका थिए ।

प्रदर्शनकारीले डिजिटल सेकुरिटी एक्ट अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रता विरोधी धारालाई निलम्बन गर्न मागसहितको व्यानर बोकेर विरोधमा उत्रेका थिए ।

उक्त धाराले कुनै विद्युतीय साधनको गोप्य प्रयोग गरी सरकारी कार्यालयभित्रको सूचना सङ्कलन गर्नुलाई जासुसी कार्य मान्दै यस्ता गतिविधि गरे वापत पत्रकारलाई चौध बर्षसम्मको जेल सजायँ गर्न सकिने बताएको छ । रेडियो तथा इन्टरनेटजस्ता डिजिटल साधनमार्फत स्वतन्त्रता सङ्ग्राम वा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानलाई बदनाम गर्ने वा अन्य सरकार विरोधी ‘नकारात्मक प्रचार’ गर्ने व्यक्तिलाई जेल सजायँ हुने व्यवस्था गर्नेलाई पनि यस्तै सजाँय हुने व्यवस्था गरेको छ ।

आन्दोलनमा आएका सम्पादकहरू सैद्धान्तिक रूपमा ‘डिजिटल सेकुरिटी ल’को विरुद्धमा नभएको तर वर्तमान् अवस्थामा यसलाई टेकेर स्वतन्त्र पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कटमा पार्ने देखिएपछि यसको विरोध गर्नु परेको डेली स्टार पत्रिकाका सम्पादक महफुज अनामले बताए ।

वि.सं.२०७५ असोज ३० मंगलवार १२:३७ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...