ति ढुङ्गा, माटो, पहाड
जङ्गल र निर्जन–भूमिहरु
अझ भनौं
कति समुद्र होलान्
मेरो पैतलाका चापसँग छोडिएका
म त हिँडे परदेश ।
युगौँदेखि
आफ्नै पुर्खाको नियति भोग्दै
पुगेँ उता सुरिनाम र यता पपुआ
अनाम भैँ बिर्सिएँ आफ्नै घरदेश
म परदेशी ।
कहाँ राख्यौं तिम्रो आकाश ?
कहाँ छोड्यौ तिम्रो हिमाल ?
यता तिम्रो इतिहासले
कानेखुसी गरिराखेको होला
बिहान मिर्मिरेमा चल्ने हवाको झोकासँगै
भन्दै होलान्
तिम्रो माटोको हराएको सुवासँगै
सबै यता सपना भइसकेका छन्,
तिम्रा जिजीविषाहरु
मानौ,
तिमी साटिरहेका छौं अनाम वस्तुहरु
सपनासँग
परदेशी भएर
अझै सहारा मरभूमि भन्दा पर–पर
अमेजनका जङ्गलसँग नजिकिँदै ।
यता
म अझै बात मारिरहेको छु
मनका सपनाहरुसँग,
म परदेशी ।
गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाको हालै विमोचन गरिएको ‘चिवोकका केटीहरु’ कविता संग्रहबाट लिईएको ।
वि.सं.२०७५ असोज ३१ बुधवार १०:१९ मा प्रकाशित