back
CTIZAN AD

म परदेशी

वि.सं.२०७५ असोज ३१ बुधवार

696 

shares

ति ढुङ्गा, माटो, पहाड
जङ्गल र निर्जन–भूमिहरु
अझ भनौं
कति समुद्र होलान्
मेरो पैतलाका चापसँग छोडिएका
म त हिँडे परदेश ।

युगौँदेखि
आफ्नै पुर्खाको नियति भोग्दै
पुगेँ उता सुरिनाम र यता पपुआ
अनाम भैँ बिर्सिएँ आफ्नै घरदेश
म परदेशी ।

कहाँ राख्यौं तिम्रो आकाश ?
कहाँ छोड्यौ तिम्रो हिमाल ?
यता तिम्रो इतिहासले
कानेखुसी गरिराखेको होला
बिहान मिर्मिरेमा चल्ने हवाको झोकासँगै
भन्दै होलान्
तिम्रो माटोको हराएको सुवासँगै
सबै यता सपना भइसकेका छन्,
तिम्रा जिजीविषाहरु
मानौ,
तिमी साटिरहेका छौं अनाम वस्तुहरु
सपनासँग
परदेशी भएर
अझै सहारा मरभूमि भन्दा पर–पर
अमेजनका जङ्गलसँग नजिकिँदै ।
यता
म अझै बात मारिरहेको छु
मनका सपनाहरुसँग,
म परदेशी ।

गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाको हालै विमोचन गरिएको ‘चिवोकका केटीहरु’ कविता संग्रहबाट लिईएको ।

वि.सं.२०७५ असोज ३१ बुधवार १०:१९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...