back

खल्लो विदेशी दशैं

वि.सं.२०७५ असोज ३१ बुधवार

375 

shares
GLOBAL IME AD
NTC AD

फूले हुन् घर आँगनी मखमली गोदावरी गाउँमा
पाके हुन् फल आँप दारिम लिची डाली लता बागमा
फक्रे हुन वन कन्दरा कुसुम ती पैलो बिहानीसगैं
तेत्रो रौनक छैन सुन्य छ यता खल्लो विदेशी दशै ।।१

थापे हुन् घर गाउँका वरि परी रोटे र लिङ्गे पिङ
खेल्दा हुन् कति हर्षले च च चुई भन्दै सहेली सङ
बारीमा लटरम्म धान र मकै बाला झुले हुन् कतै
तेस्तो सुन्दर दृष्य छैन नि यता खल्लो विदेशी दशैं।।२

आए हुन् पर देशबाट नि बुबा बिर्सेर सारा दुख
ल्याए हुन् गहना नयाँ किसिमका सम्झेर प्यारी सुत
मख्खै छन परिवार गाउँ घरका नाता छिमेकी सबै
कस्तो रम्झम भो उता तर यता खल्लो विदेशी दशैं।।३

पैह्री बस्त्र नयाँ सुसज्जित सबै आफन्तका साथमा
जाने हो अब मावली घर छिटै घोडा चडी बेगमा
थापी आशिष औ टिका र जमरा बाजे बराजू सगैं
खाई भोजन रम्दछन तर यता खल्लो विदेशी दशैं ।।४

कस्तो व्यस्त समाज हो शहरको भेटिन्न मान्छे कुनै
पीडाभित्र लुकाइ बाहिर यता देखिन्छ हाँसो कतै
पत्नी जागिरमा पती छ घरमा छोरा र छोरी कठै
देख्छू व्यस्त म फोन कम्प्युटरमा खल्लो विदेशी दशैं।।५

आयो बल्ल सकेर जागिर बरा चिन्ता छ अर्को घर
बोकी भार ठुलो रुंदै छ ऋणको थाम्नै नसक्ने कर
को बुझ्ने परदेशको सब कथा बुझ्दैन मान्छे सबै
मात्रै बाँकि छ सम्झना अलिकता खल्लो विदेशी दशैं।।६

के हो भन्छ दशैं तिहार किन यो मान्नू परेको किन
राम्रा बस्त्र नयाँ टिका र जमरा लाउनू परेको किन
सानो सोध्दछ बार बार दिनमा संस्कार के के सबै
मान्नै पर्छ बुबा छिमेकि किन हो मान्दैन हाम्रो दशैं।।७

हाम्रो चाड धरापमा परि सक्यो भाषा पर्यो जालमा
धर्मै भो टुहुरो रुँदै छ बबुरा आएर पर्देशमा
सोच्ने हो कि समाजले समयमै फाली उपेक्षा सबै
ढिक्का एक बनौं जुटौँ अब नहोस् खल्लो विदेशी दशैं।।८
छन्दः शार्दुलविक्रिडित

वि.सं.२०७५ असोज ३१ बुधवार १०:२८ मा प्रकाशित

कविता : वृद्ध -गाथा

कविता : वृद्ध -गाथा

राम शरण न्यौपाने,भक्तपुर झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर ऊर्जा...

कविता : नारी जागौँ

कविता : नारी जागौँ

कल्पना अधिकारी,टोखा काठमाडौं नारी बने शिक्षित सभ्य पात्र । बन्दैन...

कविता : डेमागग र रबल राउजरहरु

कविता : डेमागग र रबल राउजरहरु

निम्बतरु,अर्घाखाँची डेमागग र रबल राउजरहरू प्रशस्त हामी सोझा हेरेको हेर्यै...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...