back

आपसि सहयोग आदन प्रदानलाई थप सुदृढ पार्दै रुस र चिन

वि.सं.२०७५ कात्तिक ३ शनिवार

381 

shares
GLOBAL IME AD
NTC AD
फाइल  फोटो

२ कात्तिक,सोची । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएकाछन ।

रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेकाहुन ।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझ्दारीका साथ अघि बढ्न चाहेको उहाँले बताएकाहुन।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग हिजो रुसमा भएको भेटवार्तापछि उनलेले यस्तो धारणा राखेको समाचारमा जनाइएको छ ।

रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरुको कार्यान्वयन भइरहेको बताउँदै उनले भने हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको सम्वाद चाहन्छौँ र यस मार्फत थप समझ्दारीहरु विकसित हुदै जाउन भन्ने चाहन्छौँ ।

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरेकाछन ।
त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझ्दारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेको याङले बताए ।

त्यस फोरममा सहभागिताका क्रममा उनीहरुबीचको भेटका क्रममा दुई देशको आपसी विषयका साथै दुई देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधिजस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुराकानी भएको याङले जानकारी दिए ।

साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी गरेको जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक ३ शनिवार १४:४४ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...