back

सवारी दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

375 

shares
GLOBAL IME AD
NTC AD

८ कात्तिक, अछाम । अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।

जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

जिपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते मङ्गलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मङ्गलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो ।

ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मङ्गलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १२:५६ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...