back

कतार वल्र्डकप कार्बनरहित हुने कतारको दावी

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

390 

shares
GLOBAL IME AD
NTC AD

८ कात्तिक, दोहा । आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ ।

आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिएका हुन् ।

मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हुने दाबी गरेकाछन्।

“विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार्बनरहित बनाउने गरी योजना बनाइरहेको छ,” उनले भने ।

विश्वकै सबैभन्दा ठूलो फुटबल मेलालाई स्मरणीय बनाउन र विश्वकै चिन्ताको विषयको रूपमा रहेको कार्बन न्यूनीकरणको सन्देश दिन यस प्रतियोगितालाई कार्बनरहित बनाउन लागिएको उनले बताए ।

मरुभूमिमा रहेको मुलुक कतारले प्रतियोगितालाई कार्बनरहित बनाउन ठूलो रकम थप खर्च गर्नुपर्ने भएको छ ।

विश्वकपका लागि थुप्रै भवन, सडक, आठ वटा रङ्गशालालगायत धेरै ठूला निर्माणका कार्य गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

यसै वर्ष रुसमा भएको भन्दा भव्य र सम्झनलायक बनाउने गरी कतारले विश्वकपका लागि तयारी शुरु गरिसकेको छ ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १३:५२ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...