back

किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी : सभापति देउवा

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

249 

shares
GLOBAL IME AD
NTC AD


८ कार्तिक, चितवन। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् ।

क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए ।

उनले भने “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।”

सभापति देउवाले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको उल्लेख गर्दै वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नाकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

“तपाईहरुले स्काउटमार्फत यी विषयहरुमा फैलाउनु भएको जनचेतना प्रसंशनीय छ”, उनले भने, “बालबालिकालाई फरक तरिकाले सोच्न तथा फरक खालको ज्ञान र सीपको विकास गर्न स्काउट अभियानले सहयोग गरेको आफूले महशुस गरेको छु ।”

सभापति देउवाले स्काउटभित्र न कुनै जात र धर्म हुन्छ, न कुनै राजनैतिक विचार, वाद र क्षेत्रीयता हुन्छ भन्दै समग्रमा यसले मानवताको भावना बोकेको हुन्छ भने ।

सन् १९०८ को जनवरी २४ मा रोवर्ट बेडेन पावेल्सले बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सृजना गर्न बेलायतबाट स्काउट अभियान शुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले यसमा तीन करोड सदस्य गोलवद्ध हुनु खुसीको कुरा भएको बताए ।

तीन दिनसम्म चल्ने जङ्गल क्याम्पको उद्घाटन सत्रमा नेपाल स्काउटका केन्द्रिय संयोजक चन्दन कौसिक, बेलायत स्काउटको क्यावोट डिस्ट्रिकको प्रिन्टर लिडर रोवर्ट ल्युरेन्स, बेलायती स्काउट लेसि प्रोसर, नेपाली स्काउट लक्ष्मी ढकाल, क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारी, उपाध्यक्ष रामबहादुर भण्डारी लगायतले स्काउटको महत्वका विविध पक्षमाथि प्रकाश पारे ।

कार्यक्रममा नेपाल स्काउटका दुई सय ३२ जना विद्यार्थी, स्काउट शिक्षक १२ जना, बेलायत स्काउटका ३३ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका छन् । उनीहरुले तीन दिनसम्म मनोरञ्जनात्मक खेल, व्यावहारिक ज्ञान, प्राथामिक उपचारको तालिम लगायतका गतिविधि गर्ने छन् ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १८:५७ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...