back

किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी : सभापति देउवा

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

456 

shares


८ कार्तिक, चितवन। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् ।

क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए ।

उनले भने “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।”

सभापति देउवाले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको उल्लेख गर्दै वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नाकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

“तपाईहरुले स्काउटमार्फत यी विषयहरुमा फैलाउनु भएको जनचेतना प्रसंशनीय छ”, उनले भने, “बालबालिकालाई फरक तरिकाले सोच्न तथा फरक खालको ज्ञान र सीपको विकास गर्न स्काउट अभियानले सहयोग गरेको आफूले महशुस गरेको छु ।”

सभापति देउवाले स्काउटभित्र न कुनै जात र धर्म हुन्छ, न कुनै राजनैतिक विचार, वाद र क्षेत्रीयता हुन्छ भन्दै समग्रमा यसले मानवताको भावना बोकेको हुन्छ भने ।

सन् १९०८ को जनवरी २४ मा रोवर्ट बेडेन पावेल्सले बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सृजना गर्न बेलायतबाट स्काउट अभियान शुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले यसमा तीन करोड सदस्य गोलवद्ध हुनु खुसीको कुरा भएको बताए ।

तीन दिनसम्म चल्ने जङ्गल क्याम्पको उद्घाटन सत्रमा नेपाल स्काउटका केन्द्रिय संयोजक चन्दन कौसिक, बेलायत स्काउटको क्यावोट डिस्ट्रिकको प्रिन्टर लिडर रोवर्ट ल्युरेन्स, बेलायती स्काउट लेसि प्रोसर, नेपाली स्काउट लक्ष्मी ढकाल, क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारी, उपाध्यक्ष रामबहादुर भण्डारी लगायतले स्काउटको महत्वका विविध पक्षमाथि प्रकाश पारे ।

कार्यक्रममा नेपाल स्काउटका दुई सय ३२ जना विद्यार्थी, स्काउट शिक्षक १२ जना, बेलायत स्काउटका ३३ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका छन् । उनीहरुले तीन दिनसम्म मनोरञ्जनात्मक खेल, व्यावहारिक ज्ञान, प्राथामिक उपचारको तालिम लगायतका गतिविधि गर्ने छन् ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १८:५७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...