back

दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

459 

shares
GLOBAL IME AD
NTC AD

८ कात्तिक, काठमाडौँ । समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

वन तथा वातावरण मन्त्रालय र युरोपेली सङ्घको स्वीच एशिया परियोजनाद्धारा आज यहाँ आयोजित बहुसरोकारवाला परामर्श कार्यशालाका सहभागी वक्ताले दिगो विकासले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका लागि नेपालले पनि सोहि अनुरुपका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा केपी ओलीले जनताको जीवनस्तरमा सुधार ल्याउन र वातावरणीय चुनौतीको सामना गर्न सरकार, निजी क्षेत्र र आम समुदायले वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उत्पादन र उपयोगबीच सन्तुलन कायम नभएसम्म दिगो विकास असम्भव हुने भएकाले यसबारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो पनि उनले औँल्याए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण नीति र १५ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा तथा वन र जलवायु नीतिको परिमार्जन गरी प्राकृतिक स्रोतको दिगो उत्पादन र उपयोगका विषयलाई समावेश गरिने जानकारी दिए ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडेले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललाई युरोपेली सङ्घको सहयोग रहने उल्लेख गर्दै यसका लागि सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सामना गर्न अनुकूलन र न्यूनीकरणका कार्यक्रमको कार्यान्वयनमा कुनै पनि वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनु आवश्यक रहेको बताउँदै सरकारले आफ्ना नीति कार्यक्रममा यस बिषयलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यशालामा स्वीच एसिया एससिपी फेसिलिटीका टोली प्रमुख अरब होबल्लाह र दक्षिण एशिया विज्ञ पूजा सावनीले स्वीच एशिया परियोजनाबाट नेपाललगायत १९ वटा एशियाली मुलुकमा दिगो उपयोग र उत्पादनका परियोजनाहरु सञ्चालन गरी दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गरिरहेको जानकारी दिइन् ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १९:०५ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...