back

दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

693 

shares

८ कात्तिक, काठमाडौँ । समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

वन तथा वातावरण मन्त्रालय र युरोपेली सङ्घको स्वीच एशिया परियोजनाद्धारा आज यहाँ आयोजित बहुसरोकारवाला परामर्श कार्यशालाका सहभागी वक्ताले दिगो विकासले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका लागि नेपालले पनि सोहि अनुरुपका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा केपी ओलीले जनताको जीवनस्तरमा सुधार ल्याउन र वातावरणीय चुनौतीको सामना गर्न सरकार, निजी क्षेत्र र आम समुदायले वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उत्पादन र उपयोगबीच सन्तुलन कायम नभएसम्म दिगो विकास असम्भव हुने भएकाले यसबारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो पनि उनले औँल्याए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण नीति र १५ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा तथा वन र जलवायु नीतिको परिमार्जन गरी प्राकृतिक स्रोतको दिगो उत्पादन र उपयोगका विषयलाई समावेश गरिने जानकारी दिए ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडेले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललाई युरोपेली सङ्घको सहयोग रहने उल्लेख गर्दै यसका लागि सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सामना गर्न अनुकूलन र न्यूनीकरणका कार्यक्रमको कार्यान्वयनमा कुनै पनि वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनु आवश्यक रहेको बताउँदै सरकारले आफ्ना नीति कार्यक्रममा यस बिषयलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यशालामा स्वीच एसिया एससिपी फेसिलिटीका टोली प्रमुख अरब होबल्लाह र दक्षिण एशिया विज्ञ पूजा सावनीले स्वीच एशिया परियोजनाबाट नेपाललगायत १९ वटा एशियाली मुलुकमा दिगो उपयोग र उत्पादनका परियोजनाहरु सञ्चालन गरी दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गरिरहेको जानकारी दिइन् ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १९:०५ मा प्रकाशित

Himalayan Life AD
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी । सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका...

एमाले महाधिवेशनः मतदान जारी

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ...

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२...

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच...

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप...