back

मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

357 

shares
GLOBAL IME AD
NTC AD

 

८ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी मल्लले २०७४ भदौ महीनादेखि माघ महीनासम्म करीब छ महीना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ ।

गैरकानूनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ६२ हजार ७५३ बराबरको तलब, भत्ता, दशैँ खर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यस्तै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, द्वारी, नवलपरासीका अस्थायी शिक्षक ज्योतिप्रकाश अर्यालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १९:०८ मा प्रकाशित

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले...

चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा

चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा

लम्की (कैलाली) । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको...

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...