back

मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

603 

shares

 

८ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी मल्लले २०७४ भदौ महीनादेखि माघ महीनासम्म करीब छ महीना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ ।

गैरकानूनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ६२ हजार ७५३ बराबरको तलब, भत्ता, दशैँ खर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यस्तै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, द्वारी, नवलपरासीका अस्थायी शिक्षक ज्योतिप्रकाश अर्यालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १९:०८ मा प्रकाशित

Himalayan Life AD
एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका...

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख...