back

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

वि.सं.२०७५ कात्तिक ८ बिहीवार

273 

shares
GLOBAL IME AD
NTC AD

रमेश लम्साल
८ कात्तिक, काठमाडौँ । सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ सम्ममा विद्युत् चुहावट १६.९ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको हो ।

हाल नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल करीब २०.४५ प्रतिशतको हाराहारीमा विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आव २०७३/७४ मा २२.९० प्रतिशत चुहावट हुने गरेकामा आव २०७४/७५ को अत्यसम्म २०.४५ प्रतिशत मात्रै चुहावट हुने गरेको छ । चालू आवमा पनि चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा अगाडि बढाइएको छ ।

त्यसमा प्राविधिक चुहावटको मात्रै १५ प्रतिशत रहेको छ । बाँकी चुहावट भने चोरी तथा हुकिङ लगायतबाट हुने गरेको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई योजनाबद्धरुपमा अगाडि बढाएको छ । प्राधिकरणले क्षेत्रीय कार्यालय, वितरण कार्यालय र जिल्लाका कार्यालयलाई निश्चित लक्ष्य तोकेर नै चुहावट नियन्त्रणका लागि परिचालन गरेको छ । प्राधिकरणले त्यसमा सफलतासमेत हासिल गर्दै आएको छ ।

राष्ट्रिय योजना आयोगले चालू आवमा चुहावट घटाएर १८ दशमलव नौ प्रतिशत, आगामी आवमा १७ दशमलव नौ प्रतिशतमा झारेर आव २०७७/७८ मा १६ दशमलव नौ प्रतिशतमा झर्ने लक्ष्य राखेको छ । चुहावट नियन्त्रण गर्नु पनि विद्युत् उत्पादन नै गर्नुसरह भएकाले त्यसलाई विशेष ध्यान दिन लागिएको हो ।

आयोगले जलविद्युत्मा लगानी बढाई विद्युत् उत्पादन बढाउने, विद्युत्को प्रसारण व्यवस्थालाई थप सुदृढ तथा विस्तार गर्ने, वितरण प्रणालीलाई प्रभावकारी बनाई विद्युत् पहुँच सर्वसुलभ बनाउने र विद्युत् उत्पादन समिश्रण समेतका माध्यमबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गर्ने रणनीति बनाएको छ ।

यस्तै नवीकरणीय ऊर्जाको विस्तार गरी ऊर्जा आपूर्ति प्रणालीको उल्लेख्य अंशका रुपमा यसलाई विकास गर्ने, पहुँच नपुगेका क्षेत्र, वर्ग र समूहमा नवीकरणीय ऊर्जा र यसको प्रविधिको पहुँच बढाउने र नवीकरणीय ऊर्जामा जनताको पहुँच बढाई जीवनस्तरमा सुधार र रोजगारी वृद्धि गर्ने रणनीतिसमेत आयोगको छ ।

जलविद्युत्को तीव्र विकासमार्फत मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्ने र दिगो आर्थिक विकासमा नवीकरणीय ऊर्जालाई समेत सँगसँगै लैजाने सरकारको सोच रहेको छ । यस्तै आव २०७७/७८ भित्र विद्युत् उत्पादन क्षमता दुई हजार ४४६ मेगावाट पुुग्नेछ । चालू आवमा नै कूल उत्पादन क्षमतामा करीब ८०० मेगावाटले वृद्धि हुने देखिएको छ । आगामी आवमा विद्युत् उत्पादन क्षमता बढेर दुई हजार ११४ मेगावाट पुग्नेछ ।

यस्तै आव २०७७/७८ भित्र छ हजार ६७७ मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य शुरु भइसक्ने प्रक्षेपण आयोगले गरेको छ । चालू आवमा चार हजार २५७ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । आगामी आवमा पाँच हजार ८०४ मेगावाट क्षमताका आयोजना निर्माणमा जानेछन् ।

छ हजार किलोमिटर प्रसारण लाइन निर्माण

आयोगका अनुसार आव २०७७/७८ सम्म छ हजार ६४९ किलोमिटर ६६ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै सोही आव भित्र ३३ केभी क्षमताका आठ हजार ११८ किलोमिटर र ११ केभी क्षमताका ३८ हजार ८१९ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यस्तै राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत्मा पहुँच प्राप्त गर्ने जनसङ्ख्याको प्रतिशत ८५ प्रतिशत पु¥याइनेछ । चालु आवमा नै ७५ प्रतिशत पहुँचमा विद्युत् पु¥याउने, आगामी आवमा ८० प्रतिशत पु¥याइनेछ ।

यस्तै राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत्मा पहुँच प्राप्त गर्ने घरधुरीको सङ्ख्या ५५ लाख पु¥याउने लक्ष्य राखिएको छ । आयोगको उक्त विवरणअनुसार प्रतिव्यक्ति विद्युत् खपतसमेत ३०० किलोवाट घण्टा पु¥याउने लक्ष्य राखिएको छ । यस्तै सो आवसम्म ऊर्जा क्षेत्रबाट करीब २५ हजार रोजगारी सिर्जना गरिनेछ ।

लघु तथा साना जलविद्युत् आयोजनाबाट ३५।७ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन गर्ने, वायु ऊर्जा प्रणालीबाट एक हजार ५०० किलोवाट विद्युत् उत्पादन गर्ने मध्यकालीन लक्ष्य राखिएको छ । त्यस्तै छ लाख घरधुरीमा घरायसी बायोग्यास जडान गर्ने, १८ लाख ३७ हजार सुधारिएको चुलो जडान र संस्थागत र सामुदायिक बायोग्यास प्लान्ट जडानको सङ्ख्या पाँच लाख पु¥याइने भएको छ ।

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १९:२५ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...