back

मालदिभ्यसलाई पराजित गर्दै नेपालको विजयी शुरुआत

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

516 

shares
फाइल:फोटो

 

९ कात्तिक, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले विहिबार विजयी शुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा विहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८आँै मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए ।

त्यस्तै खेलको ३५आँै मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३औँ मिनेटमा शशांक बोहोरा र ६८औँ मिनेटमा दिपेश राईले गोल गरे । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

यसअघि आजै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:५३ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...