back

मालदिभ्यसलाई पराजित गर्दै नेपालको विजयी शुरुआत

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

321 

shares
GLOBAL IME AD
NTC AD
फाइल:फोटो

 

९ कात्तिक, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले विहिबार विजयी शुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा विहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८आँै मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए ।

त्यस्तै खेलको ३५आँै मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३औँ मिनेटमा शशांक बोहोरा र ६८औँ मिनेटमा दिपेश राईले गोल गरे । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

यसअघि आजै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:५३ मा प्रकाशित

थाईची छ्वान १३ फम तालिम सम्पन्न

थाईची छ्वान १३ फम तालिम सम्पन्न

काठमाडौं । चिनियाँ साँस्कृतिक केन्द्रले  चिनियाँ योगा (थाईची छ्वान) १३...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...