back
CTIZAN AD

मुम्बइमा धनगढी क्रिकेट एकेडेमीको जित

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

648 

shares
९ कात्तिक, धनगढी । भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले विहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ ।

विहिबार मुम्बइको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए ।

बलिङ गर्दै मुम्बइ पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई÷दुई विकेट लिएका थिए । एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो ।

मुम्बइका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए । मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए । कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक÷एक विकेट लिँदै आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए । दश दिनका लागि मुम्बइ भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:५७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...