back

मुम्बइमा धनगढी क्रिकेट एकेडेमीको जित

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

318 

shares
GLOBAL IME AD
NTC AD
९ कात्तिक, धनगढी । भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले विहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ ।

विहिबार मुम्बइको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए ।

बलिङ गर्दै मुम्बइ पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई÷दुई विकेट लिएका थिए । एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो ।

मुम्बइका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए । मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए । कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक÷एक विकेट लिँदै आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए । दश दिनका लागि मुम्बइ भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:५७ मा प्रकाशित

थाईची छ्वान १३ फम तालिम सम्पन्न

थाईची छ्वान १३ फम तालिम सम्पन्न

काठमाडौं । चिनियाँ साँस्कृतिक केन्द्रले  चिनियाँ योगा (थाईची छ्वान) १३...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...