back

रोल्पामा ६७ जना एचआइभी संक्रमितका विरामी

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

489 

shares

९ कात्तिक, रोल्पा । रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।
जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् ।

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छा् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले बताए ।

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताए ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:१२ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...