back

क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

270 

shares

९ कात्तिक, मड्रिड । स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरू विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ ।

गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरूलाई दोषी आरोपित गरेको थियो ।

सरकारले दोषी भन्दै जेलमा राखेका नौ जना पूर्व नेताहरू विरुद्ध मुद्धा प्रक्रिया अगाडी बढाउन बिहीबार अदालतले आदेश दिएको हो ।

क्याटलोनियाका पूर्व उपप्रमुख ओरिओल जुन्क्वेरालगायतलाई राज्यद्रोह गरेको आरोपमा सरकारले काराबासमा राखेको हो । सरकारको आरोप पुष्टि भएमा उनीहरूलाई २५ बर्षसम्मको जेल सजाय हुनेछ ।

तर क्याटलोनियालाई स्वतन्त्र राज्य घोषणा गराउन महत्वपूर्ण भूमिका खेलेका त्यस क्षेत्रका पूर्व प्रमुख कार्लस पुज्डेमोनलाई भने यस आदेशले नछुने भएको छ । उहाँ सरकारले पक्राउ गर्ने संकेत पाएपछि बेल्जियम निर्वासित हुनुभएको र सरकारले पक्राउ गर्न नसकेकाले उहाँलाई यस आदेशले नछुने भएको हो ।

अदालतको आदेशमा सरकारले नियन्त्रणमा लिएर जेलमा राखेकाहरूलाई मात्रै मुद्धा लगाउन भनिएको समाचारमा जनाइएको छ ।

जनमत संग्रहपछि बनेको क्याटलोनियाको संसदले गत बर्षको अक्टोबर २७ तारिखका दिन क्याटलोनियालाई स्वतन्त्र राज्य घोषणा गरेको थियो ।

त्यस अगाडी र पछाडी क्याटलोनियामा ठूला हिंसात्मक घटनाहरू पनि भएका थिए । यसलाई स्पेनको इतिहासमा सन् १९७५ पछिको सवैभन्दा खराब राजनीतिक अवस्थाको संज्ञा दिइएको छ ।

पूर्वनेता जुन्क्वेरासहित मुद्धा लाग्ने पूर्व नेताहरूमा क्याटलोनियाको संसदका पूर्व अध्यक्ष कार्म फोर्काडेल र तत्कालिन क्याटलोनिया सरकारका पाँच सदस्यहरू पनि रहेका छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:२५ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग...

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ...

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा...

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली...

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

वासिङ्टन । कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब...

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लस एन्जेल्स। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा...