back

अपमान गरेको आरोपमा इरानी पत्रकार पक्राउ

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

315 

shares
GLOBAL IME AD
NTC AD

 

photo-Agency

 

९ कात्तिक, तेहरान । एएफपी इरानको न्यायालयले सिया इस्लामिक गणतन्त्रका धार्मिक अगुवा इमाम हुसेनलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा एक पत्रकारलाई पक्राउ गर्न निर्देशन दिएको इरानी समाचार संस्था मिजानले बिहीबार जनाएको छ ।

धार्मिक नेता इमाम हुसेन र अन्य इमामलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा पौयान खोशहललाई जेल सजाय सुनाइएको थियो । उनलाई बुधबार राति नै विदेशतर्फ पलायन हुन लाग्दैगर्दा पक्राउ गरिएको इरानी समाचार संस्था मिजान अनलाइनले जनाएको हो ।

इरानको आधिकारिक धार्मिक ग्रन्थअनुसार प्रोफेट मोहम्मदका नाती हुसेनलाई सातौँ शताब्दीमा कालिफ यजिदको इस्लामिक संसारमा राज्य गर्ने अधिकार नभएको भनी विरोध गरेको भन्दै हत्या गरिएको थियो ।

हुसेनको मृत्युको सम्झनामा गरिने बार्षिक कार्यक्रम आसुरालाई इरानी इस्लामिक समूहले पवित्र दिनका रूपमा मनाउने गर्दछन् ।

खोशहलले सुधारवादी समूहको आवाज छाप्ने एब्तेकार दैनिकमा काम गर्ने शिलशिलामा गत अक्टोबरमा प्रकाशित एक लेखमा इमाम हुसेनको इरानीहरूले विश्वास गर्दै आएको शाहदत नभै प्राकृतिक मृत्यु भएको उल्लेख गरेका थिए ।

मिजानका अनुसार उक्त समाचारले इरानभर पत्रकार खोशहलको ‘आलोचना भएको तथा आक्रोश सिर्जना गरेको’ थियो ।

न्यायालयले खोशहलले सामाजिक सञ्जालमार्फत पनि इमामको अपमान गरेको र इरानी जनताबाट ध्यानाकर्षण गराएको साथै यसै आधारमा गरिएको अनुसन्धानमा पत्रकार खोशहल दोषी पाइएको ठहर गर्दै उहाँलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

खोशहलको व्यक्तिगत ट्वीटर पेजलाई उहाँको पक्राउपछि नै बन्द गरिएको थियो ।

एब्तेकारका प्रधान सम्पादक रेजा देहकीले आफ्नो पत्रिकामा प्रकाशित सामग्रीमाथिको आलोचनाप्रति क्षमा याचना गर्दै उक्त भनाईलाई संशोधन गरिएको र सो समाचार तयार पार्ने पत्रकार पत्रिकाबाट अलग भइसकेको जनाएका छन् ।

अर्को पत्रकार मिर मोहम्मद हुसेन मिर इस्माइलीलाई सिया धर्मका प्रसिद्ध १० धार्मिक अगुवामध्येका एक इमाम रेजालाई अपमान गरेको अरोपमा अदालतले यही बर्षको अगस्त महिनामा १० बर्षको जेल सजाय तोकेको थियो । उहाँलाई पनि आरोपपछि देश छाडेर विदेशतर्फ भाग्ने तयारी गरिरहेका अवस्थामा सन् २०१७ मा खोशहललाई जस्तै पक्राउ गरिएको थियो ।

 

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:२७ मा प्रकाशित

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...