back
CTIZAN AD

अपमान गरेको आरोपमा इरानी पत्रकार पक्राउ

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

540 

shares

 

photo-Agency

 

९ कात्तिक, तेहरान । एएफपी इरानको न्यायालयले सिया इस्लामिक गणतन्त्रका धार्मिक अगुवा इमाम हुसेनलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा एक पत्रकारलाई पक्राउ गर्न निर्देशन दिएको इरानी समाचार संस्था मिजानले बिहीबार जनाएको छ ।

धार्मिक नेता इमाम हुसेन र अन्य इमामलाई ‘अपमान’ गरी लेखेकोे आरोपमा पौयान खोशहललाई जेल सजाय सुनाइएको थियो । उनलाई बुधबार राति नै विदेशतर्फ पलायन हुन लाग्दैगर्दा पक्राउ गरिएको इरानी समाचार संस्था मिजान अनलाइनले जनाएको हो ।

इरानको आधिकारिक धार्मिक ग्रन्थअनुसार प्रोफेट मोहम्मदका नाती हुसेनलाई सातौँ शताब्दीमा कालिफ यजिदको इस्लामिक संसारमा राज्य गर्ने अधिकार नभएको भनी विरोध गरेको भन्दै हत्या गरिएको थियो ।

हुसेनको मृत्युको सम्झनामा गरिने बार्षिक कार्यक्रम आसुरालाई इरानी इस्लामिक समूहले पवित्र दिनका रूपमा मनाउने गर्दछन् ।

खोशहलले सुधारवादी समूहको आवाज छाप्ने एब्तेकार दैनिकमा काम गर्ने शिलशिलामा गत अक्टोबरमा प्रकाशित एक लेखमा इमाम हुसेनको इरानीहरूले विश्वास गर्दै आएको शाहदत नभै प्राकृतिक मृत्यु भएको उल्लेख गरेका थिए ।

मिजानका अनुसार उक्त समाचारले इरानभर पत्रकार खोशहलको ‘आलोचना भएको तथा आक्रोश सिर्जना गरेको’ थियो ।

न्यायालयले खोशहलले सामाजिक सञ्जालमार्फत पनि इमामको अपमान गरेको र इरानी जनताबाट ध्यानाकर्षण गराएको साथै यसै आधारमा गरिएको अनुसन्धानमा पत्रकार खोशहल दोषी पाइएको ठहर गर्दै उहाँलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

खोशहलको व्यक्तिगत ट्वीटर पेजलाई उहाँको पक्राउपछि नै बन्द गरिएको थियो ।

एब्तेकारका प्रधान सम्पादक रेजा देहकीले आफ्नो पत्रिकामा प्रकाशित सामग्रीमाथिको आलोचनाप्रति क्षमा याचना गर्दै उक्त भनाईलाई संशोधन गरिएको र सो समाचार तयार पार्ने पत्रकार पत्रिकाबाट अलग भइसकेको जनाएका छन् ।

अर्को पत्रकार मिर मोहम्मद हुसेन मिर इस्माइलीलाई सिया धर्मका प्रसिद्ध १० धार्मिक अगुवामध्येका एक इमाम रेजालाई अपमान गरेको अरोपमा अदालतले यही बर्षको अगस्त महिनामा १० बर्षको जेल सजाय तोकेको थियो । उहाँलाई पनि आरोपपछि देश छाडेर विदेशतर्फ भाग्ने तयारी गरिरहेका अवस्थामा सन् २०१७ मा खोशहललाई जस्तै पक्राउ गरिएको थियो ।

 

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:२७ मा प्रकाशित

Himalayan Life AD
मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा...

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा...

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।...

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...