back

इथियोपियामा पहिलो महिला राष्ट्रपति, सबैलाई एकताको शुत्रमा बाँध्ने प्रतिवद्धता

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

513 

shares

९ कात्तिक, अडिस अबाबा ।   इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन् ।

दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ ।

निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् ।

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताइन् ।

उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेल्नु भएको भन्दै प्रशंसा हुने गरेको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रूपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत भएकी थिइन् ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको थियो ।

सन् २०१३ को अक्टोबर तारिखका दिन राष्ट्रपतिमा निर्वाचित भएकी ६३ बर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत थिइन् ।

उनले सरकारी उच्च अधिकारीका रूपमा र विभिन्न मन्त्रालयको मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालिसकेकी छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:२९ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...