back
CTIZAN AD

अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल ट्विटर

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

690 

shares

 

९ कात्तिक, वासिङ्टन। सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ ।

ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व जम्मा गरी सात अर्ब ५८ करोड अमेरिकी डलर उठाउन सफल भएको छ ।

ट्वीटरले गरेको नाफासँगै यसको सेयर ‘प्रि मार्केट ट्रेड’ मा १२ प्रतिशतले बढेको छ । ट्वीटर प्रयोगकर्ताको सङ्ख्या बजारमा कमी देखिएको अवस्थामा ट्वीटरले पाएको आर्थिक सफलतालाई अर्थपूर्ण मानिएको छ ।

ट्वीटरका औषत सक्रिय प्रयोगकर्ताको सङ्ख्या पहिलो त्रैमासिकमा ३३ करोड ५० लाखबाट घटेर पछिल्ला तीन महिनामा औषत ३२ करोड ६० लाख बनेको बताइएको छ । कम्पनीले प्रयोगकर्ताको कमी हुनुमा नक्कली र अनाधिकारिक सदस्यहरूमाथिको छानविन तथा कार्बाहीको प्रयास भएको जनाएको छ ।

यूरोपेली यूनियनमा हालै लागू गरिएको गोपनीयतासम्बन्धि कानूनका कारण पनि सदस्य सङ्ख्यामा प्रभाव परेको ट्वीटर कम्पनीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:४२ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...