back

अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल ट्विटर

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

321 

shares
GLOBAL IME AD
NTC AD

 

९ कात्तिक, वासिङ्टन। सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ ।

ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व जम्मा गरी सात अर्ब ५८ करोड अमेरिकी डलर उठाउन सफल भएको छ ।

ट्वीटरले गरेको नाफासँगै यसको सेयर ‘प्रि मार्केट ट्रेड’ मा १२ प्रतिशतले बढेको छ । ट्वीटर प्रयोगकर्ताको सङ्ख्या बजारमा कमी देखिएको अवस्थामा ट्वीटरले पाएको आर्थिक सफलतालाई अर्थपूर्ण मानिएको छ ।

ट्वीटरका औषत सक्रिय प्रयोगकर्ताको सङ्ख्या पहिलो त्रैमासिकमा ३३ करोड ५० लाखबाट घटेर पछिल्ला तीन महिनामा औषत ३२ करोड ६० लाख बनेको बताइएको छ । कम्पनीले प्रयोगकर्ताको कमी हुनुमा नक्कली र अनाधिकारिक सदस्यहरूमाथिको छानविन तथा कार्बाहीको प्रयास भएको जनाएको छ ।

यूरोपेली यूनियनमा हालै लागू गरिएको गोपनीयतासम्बन्धि कानूनका कारण पनि सदस्य सङ्ख्यामा प्रभाव परेको ट्वीटर कम्पनीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:४२ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...