back
CTIZAN AD

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा,कुन देशसँग कति छ त घाटा ?

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

648 

shares

१९ असोज, काठमाडौँ । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार बराबरको व्यापार घाटा छ । भारतबाट मात्रै रु दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार बराबरको माल वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने रु १३ अर्ब १६ करोड ४२ लाख १४ हजार बराबरको वस्तु मात्रै निर्यात भएको छ ।

व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महीनामा रु ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार बराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु ५६ करोड ४० लाख बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ ।

नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु १४ अर्ब २६ करोड ५३ लाख बराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु ३५ करोड २२ लाख ८८ हजार बराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ ।

यस्तै युनाइटेड अरब इमिरेट्स९युएइ०सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु सात अर्ब ९० करोड ८३ लाख ८५ हजार बराबरको सामान आयात भएकामा नेपालबाट रु तीन करोड ७५ लाख ४७ हजार बराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु सात अर्ब ८७ करोड ८३ लाख ८० हजार बराबर छ ।

नेपालको व्यापार घाटा रहेका देशमा थाइल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्टे«लिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङलगायत ११२ देश रहेका छन् । अल्वानियाबाट रु एक लाख १४ हजार बराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन ।

रुवाण्डाबाट रु एक लाख २२ हजार बराबरको मालसामान आयात भएकामा नेपालबाट रु दुई लाख २० हजार बराबरको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा रु ६६ करोड ८३ लाख बराबरको नाफा रहेको छ ।

नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायतका देश छन् । पछिल्लो तीन महीनामा रु तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार बराबरको व्यापार घाटा हुन पुगेको छ । कूल रु तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार बराबरको माल वस्तु आयात हुँदा रु २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार बराबरको मात्रै निर्यात हुन सकेको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १४:५६ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...