back

एएफसी यू–१९ फुटबल : नेपालद्वारा भारत पराजित

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

426 

shares

९ कात्तिक, काठमाडौँ । यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो ।

पहिलो हाल बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गर्न सफल भयो । नेपालका लागि रेखा पौडेलले खेलको ५९ आँै मिनेटमा गोल गरिन् । त्यसैगरी खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १७:२२ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को...

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...