back

अबैद्य लागुऔषध विक्रि वितरण गरेको अवस्थामा युवती पक्राउ

वि.सं.२०७५ कात्तिक १० शनिवार

576 

shares

१० कात्तिक, भक्तपुर । अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी दिए ।
प्रहरीले वाइवाको साथबाट पोल्याण्ड भनिने गाँजा ३० ग्राम, गाँजा ८२ पोका अर्थात दुई केजी ४६० ग्राम, गाँजा पोका पार्न राखिएको प्लाष्टिक एक केजी ७०० ग्राम बरामद गरेको छ ।
वाइवामाथि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाएको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । रासस

वि.सं.२०७५ कात्तिक १० शनिवार १०:२५ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...