११ कात्तिक, गुल्मी। पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीको तम्घासमा पुल तथा सडक डिभिजन कार्यालय स्थापना गरिएको छ ।
एक कार्यक्रमका बीच सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज नयाँ कार्यलयको उत्घाटन गरे। पाल्पाबाट सेवा लिँदै आएका स्थानीयहरु गुल्मीमा कार्यालय स्थापना भएसँगै हर्षित भएका छन् ।
प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण गुल्मीको पुल तथा सडक डिभिजन कार्यालयले र केन्द्र सरकारको ठूला योजना भने पाल्पा मै रहेको साविक सडक डिभिजनले नै हेर्ने जनाएको छ ।
वि.सं.२०७५ कात्तिक ११ आइतवार २०:०१ मा प्रकाशित




























