back

अध्ययन भन्छ : चीनले एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दछ

वि.सं.२०७५ कात्तिक ११ आइतवार

426 

shares

११ कात्तिक, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ ।

चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ ।
विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८।९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ््यहरूलाई नबधनाढ्यहरूले पछि पार्ने गरेका छन् । सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए ।
वितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ, यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भने।
“तर यो मात्रै शुरुवात हो । चीनको विशाल जनसङ्ख्या, नयाँ प्रबिधिको आविस्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पु¥याउने अभूतपूर्व मौका दिएको छ,” उनले थवे ।
यूबिएस तथा लेखा परीक्षकहरूको संस्था पिडब्लुसीले अमेरिकामा भन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेका छन् । वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन बर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ ।
सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको बताउने गरिएको छ ।
बैङ्कले भनेको छ ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले आफुलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकांश प्रबिधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन् ।
प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीहरूको चाल निकै कम रहेको भनिएको छ । पाँच बर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत बर्ष सो सङ्ख्या ५३ मा झरेको थियो । पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ पुगेको थियो ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार २०:३७ मा प्रकाशित

Himalayan Life AD
अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

किएभ । । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त...

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

नोम पेन(कम्बोडिया) । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...