१२ कात्तिक, काठमाडौं । सेयर बजारमा महिलाको संख्या बढेको छ । पब्लिक कम्पनीको सेयरलाई विधुतीय रुपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा आइतबार सम्म करिब १३ लाख ३६ हजार डिम्याट खाता खुलेका छन् । तीमध्ये ३९ प्रतिशत महिलाका नाममा रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
साँझ बिहान घरका कामकाजमा व्यस्त गृहिणी दिउँसो सेयर बजार कारोबारमा सक्रिय हुने क्रम बढेको हो । घरको कामकाज पनि भ्याइने र दिउँसो खाली समय उपयोग पनि हुने भएकोले महिलाको लागि सेयर बजार आर्यआर्जनको बिकल्प बनेको जानकारहरु बताउँछन् ।
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०७:४६ मा प्रकाशित