back

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्रीको निर्देशन

वि.सं.२०७५ कात्तिक १२ सोमवार

360 

shares
GLOBAL IME AD
NTC AD


१२ कात्तिक, काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन्।

निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ५० पैसा, डिजेलमा नौ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर रु ११४, डिजेल रु १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ४०० तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक रु दुई अर्ब आठ करोड घाटा हुने निगमले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १९:५३ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...