back

दुई करोड महसुल उठ्न बाँकी

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

522 

shares

१३ कात्तिक, पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४÷७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए ।

उनँका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट रु एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म रु ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उहाँले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए ।
केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १०:१५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...