back
CTIZAN AD

गोली प्रकरणमा श्रीलङ्काका तेल मन्त्री पक्राउ, सङ्कट बढ्दो

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

657 

shares

१३ कात्तिक, कोलम्बो । गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ ।

आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुङ्गाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

सन् ११९६ मा श्रीलङ्कालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुङ्गा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेका बलियो समर्थक मानिनन्छन् ।

श्रीलङ्काका ट्रेड यूनियनहरूले मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेल मन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रूवान गुण्नसेकेराले बताए ।

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री मैत्रीपालालाई हटाई श्रीलङ्काको तीन दशक लामो गृहयुद्धलाई बल प्रयोग गरी निष्कर्षमा पु¥याएका शक्तिशाली पूर्व राष्ट्रपति राजपाक्षलाई नियुक्त गरेपछि गहिरिएको श्रीलङ्काको राजनीतिक सङ्कटबीच आइतबार र सोमबार यदाकदा झडपका घटना भएका छन् ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १२:५४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...