back

सलार्हीमा दुई समुहबीच भएको झडपमा गोली चल्दा एकको मृत्यु

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

270 

shares
GLOBAL IME AD
NTC AD

१३ कात्तिक, काठमाडौं । सलार्हीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एकको मृत्यु भएको छ ।
सर्लाहीको रामनगर ४ मा झडपमा क्रममा चलेको उक्त गोली लागेर स्थानीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
। अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा गोली लागेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार गोलीको छर्राले लागेर घाइते भएका अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । गोली चलाउने व्यक्तिको पहिचान हुन नसकेको पनि प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्सपेक्टर कुन्दन देवले हालस्थिति सामान्य रहेको बताउँदै घाइतेहरुलाई उपचारका लागि विरगंज लगिएको संसारन्युजलाई बताए ।
सोमबार नागरिकताको सिफारिस लिन गएका नेकपाका समुह र वडाअध्यक्ष रामनरेश महतोसँग विवाद भएको बताइएको छ । रामनरेश नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । सोमबार विवादका कारण उनीमाथि आक्रमण समेत भएको थियो । सोमबार वडा कार्यालय जाँदै गरेका उनलाइ २०–२५ जनाको समुहले आक्रमण गरेको अध्यक्ष महतोले बताएका थिए ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १३:५८ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...