back

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

246 

shares
GLOBAL IME AD
NTC AD

सिबी अधिकारी, १३ कात्तिक,काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो ।

अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरीद गरेको हो ।

अझै पाएन नयाँ गन्तव्य

निगमले तिहारलगत्तै चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने जनाए पनि नयाँ गन्तव्यको टुङ्गो नलाग्दा अहिले पुरानै गन्तव्यमा वाइडबडी उडान बाध्य भएको हो ।

उल्लेखित गन्तव्यमा सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको निगमको भनाइ छ । ती गन्तव्यमा उडान सञ्चालनबारे पत्राचार एवं दुईपक्षीय छलफलसमेत भइसकेको छ । दक्षिण कोरियाले नेपालको उडान अडिट गर्न प्राविधिक टोली पठाउने जनाए पनि यकिन हुन सकेको छैन ।

नयाँ विमानले पुराना गन्तव्यमा पूर्ण क्षमताका साथ व्यावसायिक उडान भर्दै आएकाले बजारमा हल्ला आएजस्तो निगमलाई ठूलो आर्थिक भार नपरेको प्रवक्ता सिग्देलले बताए ।

निगमको पहिलो वाइडबडी अन्नपूर्ण गत असार १४ र दोस्रो वाइड बडी मकालु विमान साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । अन्नपूर्णले साउन १६ देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गरेको थियो भने मकालुले दुई महिनाअघिदेखि बैंककबाट व्यावसायिक उडान गरेको थियो ।

निगमले हाल नयाँदिल्ली, बैङ्गलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, दुई वाइडबडी ‘ए’ ३३०–२०० र एयरबस ३२० सिरिजका दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

निगमले आन्तरिकतर्फ ९ विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन ट्वीनअटर विमान छन् ।

सरकारसँग २० अर्ब माग

निगमले पूँजी विस्तारका लागि भन्दै सरकारसँग रु २० अर्ब माग गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार सञ्चीत पूँजी वृद्धि गर्न रकम माग गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताउनुभयो । निगमले व्यावसायिक बजार विस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ क्रमशः नयाँ विमान थप्दै जाने घोषणा गरिसकेको छ । निगमले विगत तीन वर्षदेखि यो रकम माग गर्दै आएको थियो ।

रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थमन्त्रालयलाई पत्राचार गरेको र उक्त प्रस्ताव अहिले विचाराधीन अवस्थामा रहेको निगमको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपाली निगम, हिमालय एयरलाइन्ससहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरीद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन वाइड बडी विमानको महत्वपूर्ण भूमिका हुनेछ । यी विमानलाई पूर्ण व्यावसायिक क्षमताका साथ धेरै गन्तव्यमा पु¥याउनु निगमको अवसर र चुनौती दुवै छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १७:५० मा प्रकाशित

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।...

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१...