back

स्क्रब टाइफसबाट दुईको मृत्यु

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

585 

shares


१३ कात्तिक, परशुराम । नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ । हालसम्म सो रोगबाट दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा पन्त रहेकी छिन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा जितेन्द्र कँडेलले जानकारी दिए । यसको सङ्क्रमण बढ्दै जानथालेपछि बिरामी उपक्षेत्रीय अस्पताल पुगेर जाँच गराइरहेका छन् । पछिल्लो समय पहाडी जिल्लामा रोगको सङ्क्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार २१:४० मा प्रकाशित

Himalayan Life AD
एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको...

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक...

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...