
१४ कात्तिक, काठमाडौँ । व्यवसायिक योजना बिनै दुई वाईडबडी विमान ल्याउँदा नपाल एयरलाईन्स ऋणैऋणमा डुब्दै गएकोे छ । सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक करोडभन्दा माथि हो ।
अगष्ट १ देख सेप्टेम्बर १५ सम्म वाईडबडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लामगि भएको खर्च भने ७५ करोड नाघ्यो । कमाईको तेब्बर खर्च गराउने दुवै जहाँजका लागि नयाँ गन्तव्य भने अझै तय भएको छैन् ।
जापान, चीन, कोरिया, अष्ट्रेलियालगायत लामो दुरीमा कसैले अनुमति दिएका छैनन् । कमाई गरिरहकै अघिल्लो सेक्टरका जहाँजको कमाई यीनले खोसेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १४ बुधवार ०८:१० मा प्रकाशित
























