back
CTIZAN AD

तमुधीं बेल्जियमको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा नविन तमु

वि.सं.२०७५ कात्तिक १४ बुधवार

750 

shares

तमुधीं बेल्जियमको प्रथम अधिवेशनले नविन तमुको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
‘पहिचानको आधारमा स्वायत्तता सहितको संघियता र तमुवान स्वायत्त राज्यको स्थापनाको लागि हाम्रो ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ बेल्जियममा रहेका सचेत तमुहरुले गत बर्ष नविन तमुको संयोजकत्वमा गठन गरिएको तदर्थ समितीलाई प्रथम अधिबेशनले पूर्णता दिएको हो ।
२८ अक्टोबरका दिन बेल्जियमको आन्त्रोपेनमा सम्पन्न तमुधींको प्रथम अधिबेशनले नविन तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै वरिष्ठ उपाध्यक्षमा प्रविणा तमु, उपाध्यक्षद्धयमा मनिषजंग तमु र पम्फा तमु, महासचिवमा गडुलध्वज तमु, सचिवमा प्रज्ञा तमु, कोषाध्यक्षमा अन्जना तमु, सहकोषाध्यक्षमा शुष्मा तमु र सदस्यहरुमा प्रभा तमु, गजेन्द्र तमु, आशबहादुर तमुलाई चयन गरेको उपाध्यक्ष मनिष तमुले जानकारी दिएका छन् ।
तमुधीं बेल्जियमका संयोजक नविन तमुको अध्यक्षता, नेपाली राजदूतावासका द्धित्तिय सचिव भोजराज भुषाल र तमुधींका सल्लाहकार तथा जेष्ठ नागरिक रामबहादुर तमुले अधिबेशनको उद्घाटन गरेका थिए ।
सो अवसरमा संयुक्त किराँत समाजका महासचिव माकुना राई, पासपुचका अध्यक्ष भिम जोशी, मगर राष्ट्रिय मुक्ति मोर्चाका यूरोप इन्चार्ज बिरमान घर्तीमगर, तमु राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय सदस्य गमबहादुर गुरुङ, जनप्रगतिशील मंचका अध्यक्ष जीत लामा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष सिता सापकोटा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बोधराज पौडेल, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष मेख तमु, प्रवासी नेपाली मंच युरोपका केन्द्रिय प्रतिनिधी नारायण अधिकारी, नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, पासा पुच बेल्जियमका अध्यक्ष रोशन जोशी, काश्की समाज बेल्जियमका डिल्ली भण्डारी, पुर्वेली समाज बेल्जियमका अध्यक्ष अनन्त वस्ति, इन्द्र धनुश क्लबका अध्यक्ष मिण्ड गुरुङ्ग, सिक्लेष पार्चे कल्याण कोषका सचिव जित बहादुर गुरुङ (विजय माइला), मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, व्यवसायी संघ बेल्जियमका अध्यक्ष चेत नारायण भट्ट, एनआरएनए बेल्जियमका प्रतिनिधि गोपाल दाहाल लगायतले आफ्नो मन्तव्यमार्फत अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । मन्तव्यका क्रममा अधिकांसले तमुधीं, बेल्जियमसँग हरेक गतिविधीमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
महासचिव गडुलध्वज तमुको संचालन रहेको उक्त कार्यक्रमका अवसरमा भोज बहादुर गुरुङ्गद्धारा निर्देशित तमु भाषी चलचित्र ‘मैरिमो’को प्रदर्शन गरिएको थियो ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ०९:०५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...