back
CTIZAN AD

मलेसियाबाट फर्केर फलफूल खेतीमा शम्सेर धामी

वि.सं.२०७५ कात्तिक १४ बुधवार

630 

shares

१४ कात्तिक, भीमदत्तनगर । वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किए । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन् ।

“विदेशको काम र दुःखभन्दा त आफ्नै खेतबारीमा काम गर्नु लाभदायक छ ।” धामीले भने “घर परिवारसँगै रहेर गाउँघरमै काम गर्नुको मज्जा नै बेग्लै छ ।” लामो समय आफ्ना अभिभावक गाउँमा केराखेतीमा होमिएको विगत सुनाउँदै धामीले पछिल्लो समय चार बिघा खेतमा फलफूल खेती गरिरहेको जानकारी दिए । “बुवा÷बाजेले शुरुमा केराखेती गर्नुभयो”, उनले भने, “नयाँ खेती गर्ने सिलसिलामा केही वर्षयता फलफूल खेती गर्दैछु ।” आँप, लिची र कटहर खेती गर्दै आएका धामीले जुम्लामा पनि स्याउखेती गर्न १० रोपनी जग्गा खरिद गरिसकेको बताए ।

“अब माघ, फागुनमा जुम्ला गएर स्याउखेती गर्ने योजना बनाएको छु,” उनले भने,“विदेशको श्रम यहाँ गरे खेतबारीमै सुन फल्छ ।” व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका धामीले तीन पुस्ता नै नगदे बालीमा लागेको बताए । यहाँ उत्पादन हुने गरेको फलफूल भीमदत्तनगर, अत्तरिया र धनगढीलगायतका बजारमा खपत हुने गरेको छ । “हामीले उत्पादन गरेको फलफूल ठेकेदारमार्फत बिक्री वितरण गर्छौँ,” उनले भने, “अहिले दुई वर्षका लागि रु आठ लाखमा ठेक्का दिएका छौँ ।” बेलाबखत कृषि कार्यालयबाट हुने गरेका प्राविधिक तालीमसमेत लिएका धामीले आफ्नो पुरै समय बगैँचामा खर्च हुने गरेको बताए ।

“पानी हाल्नेदेखि फल आएका बेला औषधि छर्किने काम आफँै गर्छु,” उनले भने “यहाँ थोरै परिश्रममा धेरै कमाई गर्न सकिन्छ ।” फलफूलसँगै बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने नर्सरी सञ्चालनको समेत तयारीमा रहेका फलफूल कृषक धामीले कृषिलाई नै पेशा बनाएर जीविका चलाउने बताए । “सरकारले दिने अनुदान रकम हामीजस्ता युवा किसानलाई दिए व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुन्थ्यो,” उनले भने, ‘कृषिमा लाग्न प्रोत्साहन गर्न पनि युवा कृषकलाई अनुदान दिनु आवश्यक छ ।”

वि.सं.२०७५ कात्तिक १४ बुधवार १०:१८ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा...

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र...