back

अस्पतालबाट प्रमको सन्देश : समृद्ध नेपालको सपना साकार पार्न छिट्टै सक्रिय रहन्छु

वि.सं.२०७५ कात्तिक १४ बुधवार

369 

shares
GLOBAL IME AD
NTC AD

१४ कात्तिक, काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् । ।

चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनँले विगतमा झैँ समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनशाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने सङ्क्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अङ्ग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्वयाद ज्ञापन समेत गरेका छन् ।

 

वि.सं.२०७५ कात्तिक १४ बुधवार १०:२३ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...