back

सेल्फीले लियो दम्पत्तिको ज्यान

वि.सं.२०७५ कात्तिक १४ बुधवार

336 

shares
GLOBAL IME AD
NTC AD

१४ कात्तिक,अमेरिका । क्यालिफोर्नियामा केरलाका भारतीय मूलका जोडी स्वयमको तस्बिर(सेल्फी) लिने क्रममा लडेर दुबै जनाको निधन भएको संचार माध्यमले जनाएका छन् । क्यालिफोर्निया स्थित ओसेमिटी नेसनल पार्क (राष्ट्रिय उद्यान) मा उक्त घटना भएको हो ।

उक्त राष्ट्रिय पार्कको चट्टानको छेउमा गएर २९ बर्षिय बिष्णु विश्वनाथ तथा ३० बर्षिय मिनाक्षी मुर्तिले स्वयमको तस्बिर लिने क्रममा झरेर मृत्यु भएको खबर उनीहरुका परिवारका सदस्यहरुले दिएका छन् । उक्त उच्च स्थानमा रहेको चट्टानमा बार्दली (रेलिङ्ग) नभएको कारण उनीहरुका शव गत हप्ता बिहिबार मात्र प्रहरीले फेला पारेको जनाएको छ ।

विश्वनाथको भाइले भारतीय संचार माध्यमलाई जोडीले स्वयमको तस्बिर लिने क्रममा दुखद घटना भएको बताएका थिए । मृतक जोडी अमेरिकामा बसोबास गर्ने र यस्ता साहसिक कार्यमा र भ्रमण जान सदैव उत्साहित हुने गरेको संचार माध्यममा समाचार छ । हालसालै इन्स्टाग्रममा आफूले खिचेको तस्बिर राख्दै मुर्तिले भनेकी थिइन् “हाम्रो जीवन केवल एक तस्बिरको लायक छ ।’
प्रहरीको अनुसन्धानमा उक्त जोडी कम्तिमा पनि ८ सय फिट मुनि खसेको देखिएको छ । शवलाई झिक्न निकाल्न हेलीकप्टर प्रयोग गरिएको समाचार याहु डटकममा छ । भारतमा सन् २०११ देखि स्वयम को तस्बिर खिच्ने क्रममा १ सय ५९ जनाको मृत्यु भै सकेको एक अध्ययनले वताएको छ ।
मृतक विश्वनाथ सूचना प्रविधिका अभियन्ता थिए भने सन जोसमा काम गर्दथे ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार १०:५३ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...