back

गुगल, फेसबुक लगायतका ठूला कम्पनीलाई कर लगाउदै बेलायत

वि.सं.२०७५ कात्तिक १४ बुधवार

282 

shares
GLOBAL IME AD
NTC AD

१४ कात्तिक, लण्डन । एएफपी बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।

डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् ।

आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताए ।

डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने लागु नहुने बताए । उनले शुरूमा उनीहरूलाई सामान्य करको दायरामा ल्याएर निम्नतम राजश्व उठाउन पहल गर्ने बताए ।

सर्च इन्जिन, सामाजिक सञ्जाल संयन्त्र र बजार डिजिटल सेवाका लागि स्वभाविक स्थान भएकाले यिनीहरूले समाज सुधारमा राम्रो काम गरेकोे तिनीहरूलाई कर कानूनको दायरामा ल्याउने प्रष्ट उदाहरण दिँदै उनले भने तर तिनीहरू कर प्रणालीको द्वीगोपन र निश्पक्षताका लागि चुनौति भएका छन् ।

यूरोपेली यूनियनका वित्तीय अधिकारीहरूले प्राविधिक कम्पनीलाई लक्षित गरी नयाँ कर कानूनको प्रस्ताव गरेको अवस्थामा बेलायतले पनि उक्त घोषणा गरेको हो ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ११:२८ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...