
१५ कात्तिक, दोलखा। जुनकिरी नाम भएपनि उज्यालो छैन जिन्दगी । मुद्दामामिला नबुझ्दा सर्बस्व गुमाएकी जुनकिरी भन्छिन् ‘अब मरियो भने पनि खर्च गर्नेसम्म पैसा छैन ।’
भीमेश्वर नगरपालिका १ की जुनकिरी विश्वकर्मालाई नाता पर्नेसँग लिएको सात हजार ऋणले त्यस्तो हालतमा पु¥याएको हो ।
जुनकिरीका श्रीमान कर्णबहादुर विश्वकर्मा अहिले किड्नीको समस्याले डायलोसिस गरिरहेका छन् । कर्णबहादुरले २०५२ सालमा लिएको सात हजार ऋण बढ्दै बढ्दै अदालतकै फैसलामा घरबारी लिलाम भयो ।
६ मानाको खेत र ५ मानाको मकैको बीय लिलामीमा परे परेपछि बिरामी श्रीमान्लाई छोडेर न्याय खोज्न हिडिन् । जुनकिरी निरक्षर भएकोले अदालती प्रक्रिया चुकाउदै गइन् । सल्लह दिनेहरुबाट राम्रो सल्लाह पाइनन् । उनका तर्फबाट साक्षी बक्नेहरुले अदालतमा गएर सधाएनन् । जुनकिरीले भनिन्, ‘सबैबाट धोका भएपछि मुद्दा हारियो, खेतबारी सबै लिलामी भयो ।’ जुनकिरीका बिरामी श्रीमान पाल्न र दुई छोरालाई पढाउने, हुर्काइ बढाई गर्ने दायित्व छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०८:५६ मा प्रकाशित