back

अब दरबारमार्गमा क्याफे कफी डे

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

354 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक, काठमाडौँ । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डे ले आफ्नो तेस्रो नयाँ आउटलेट नेपालको सबैभन्दा परिचित ठेगाना, दरबारमार्गमा खोलेको छ ।
यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसंग क्याफे कफी डे को समापन गर्ने लक्ष्य राखेको छ ।  लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोस गरेको छ ।
यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइनेछ । जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएकोछ । तपाईँले कुनैपनि नेपालीलाई उनीहरूको मनपर्ने खाना के हो भनेर सोध्नु भयो भने सबैको जवाफ मःम नै हुने गर्छ त्यसैले सीसीडीले नेपाली उपभोक्ताहरूका लागि गौरवका साथ आफ्नो नयाँ मेनुमा मःम पनि समावेश गरेकोछ । मेनुमा अन्य अन्तर्राष्ट्रियस्तरमै सबैलाई मनपर्ने पिज्जाका साथै बिर्र्यानी, चिकेन बटर मसला विथ राइश र वोक टोस्ट ओरिएंटल फ्राइड राइस जस्ता परिचित परिकारहरु पनि समावेश गरिएको जनाएकोछ । उक्त नयाँ आउटलेट दुईटा फ्लोरमा विभाजित गरिएकोछ जसको पहिलो तल्लामा ४० जना बस्ने क्षमता छ भने दोश्रो तल्लामा ३० जनाको सिट क्षमता रहेकोछ । यो आउटलेटको पहिलो तल्ला ११०० वर्गफूटमा फैलिएको छ भने दोश्रो तल्ला १००० वर्गफिटकासाथै खुल्ला छत पनि रहेको छ । जहााबाट काठमाडौँका अनेकन रमाइला दृश्यहरु अवलोकन गर्न सकिन्छ । साथमा क्याफे कफी डेका क्याफेहरुमा स्थानीय वास्तुकला र परिदृश्यदेखि प्रेरित विशिष्ट नेपाली डिजाइनका कलाकृतिहरु समेत हेर्न र महसुश गर्न सकिन्छ ।

नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फÞ्रैंचाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “हामीले दरवारमार्गमा एउटा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौं । सीसीडीले पहिले देखिनै कयौं अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ । जवालाखेल र बसन्तपुरमा हाम्रो आउटलेट लन्च गरेदेखि सीसीडीले पनि नेपाली बाजारमा एउटा सनसनी पैदा गरेको छ र यसैकारण हामी दरबारमार्गमा हाम्रो तेश्रो आउटलेट लन्च गर्न प्रेरित भएका हौँ । हामीलाई आशा छ कि नेपाली जनताले हाम्रो आउटलेट मनपराउने छन् र विश्वकै उत्कृष्ट कफीको साथमा अन्य आउटलेटहरुमा पनि रमाउने छन् ।
क्याफे कफी डेले नेपालका अन्य स्थानहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएकोछ ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०८:५६ मा प्रकाशित

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।...

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१...