back

नेपालमा लगानी गर्न कतारी लगानीकर्तालाई नेपाल उद्योग परिसंघको आग्रह

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

288 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक, कतार । नेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारी लगानीकर्तालाई आग्रह गरेका छन् ।

कतार स्थित विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी–व्यवसायीहरुको सहभागिता रहेको उक्त अन्तरक्रियात्मक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा व्यवसाय एवम् लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रसतुत गर्दै नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको पुष्टिगत धारणा व्यक्त गरे ।
सो अवसरमा मुलुकले नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार रहेको कारण आर्थिक वृद्धिको प्रचुरतम सम्भावना रहेको औँल्याउँदै यसबाट सबै क्षेत्रमा आम्दानीमा वृद्धि भइ शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना रहेको बताए । नेपालको पूँजी बजारमा सूचीकरण गरिएको केही उद्योगहरुको उदाहरण प्रस्तुत गर्दै स्टाडर्ड चाटर्ड बैँकको बजार पूँजीकरण २ अर्ब १६ करोड डलर बराबर भइ ५५ प्रतिशत लाभांस वितरण गरेको, नेपाल लिभरको बजार पूँजीकरण २ अर्ब ८० करोड भइ ७०० प्रतिशत लाभांस वितरण गरेको उदाहरण प्रस्तुत गर्दै विदेशी कम्पनीहरुलाई नेपालमा नाफाको एवम् अन्य व्यवसायजन्य सुविधाको उचित एवम् सुनिश्चित वातावरण रहेको बताए ।
उद्योगको चर्चा गर्दा नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख छन् । परिसंघले विगत दुइवटा नेपाल पूर्वाधार सम्मेलन सम्पन्न गरिसकेको सन्दर्भमा पूर्वाधार विकासको सन्दर्भमा विमानस्थलको विकासमा लगानी गर्न काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीका पर्याप्त सम्भावना छन् भने राजमार्गको लगानीमा हेटौँडा काठमाण्डौ टनेल हाइवे, विभिन्न शहर जोड एक्सप्रेस वेज लगानीका अवसर भएका क्षेत्र भएको शर्माले बताए । त्यसैगरी रेल यातायातको क्षेत्रमा पूर्व पश्चिम विद्युतिय रेल, पोखरा काठमाण्डौ रेल्वेमा लगानी गर्न कतारी उद्यमी व्यवसायीलाई आव्हान गरे ।
पर्यटनमा लगानी आकर्षित गर्ने क्षेत्र बारे बताउँदै ट्रेकिङ्ग र पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर ¥याफ्टिङ्ग र धार्मिक पर्यटन प्रमुख रहेको अध्यक्ष शर्माले बताउँदै होटल, क्यासिनो, फनपार्क र शाहसिक पर्यटनमा लगानी गर्न अनुरोध गरे ।
नेपालको अपार जल सम्पदाको समुचित प्रयोग गर्न प्रोत्साहित गर्दै रन अफ द रिभरबाट करिव ५० हजार मेगावाट सम्भाव्य रहेको र स्टोरेज प्रणालीबाट ११४० मेघावाट मध्ये ३७० मेघावाट निजी क्षेत्रबाट उत्पादन भएकोले समेत यसक्षेत्रमा मुलुक र अन्य छिमेकी मुलुकको माग आपूर्ति गर्न समेत ठूलो अवसर र लगानी अपेक्षित रहेको बताए ।
सो अवसरमा अध्यक्ष शर्माले नेपाल कतार बीच व्यापार र लगानी अभिवृद्धि गर्न परिसंघले प्रवद्र्धनात्मक भूमिका खेल्ने विश्वास दिलाउँदै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सम्भाव्यताको खोजी, पहिचान र मूल्याङ्कन गर्न परिसंघ सदा तत्पर रहेको बताए ।
नेपाल कतार बीच बढ्दो व्यापार घाटा बारे उल्लेख गर्दै नेपालबाट कतारमा केवल ७ लाख अमेरिकी डलरको निर्यात भएको र कतारबाट नेपालमा ७७ लाख अमेरिकी डलर बराबरको सामान आयात भइ ठूलो व्यापारघाटा सहनु परेबाट सो समाधान गर्न ठोस निर्यात योग्यकृषि एवम् अन्यवस्तुको उत्पादन, पूर्वाधार विकास र बजारीकरण गरी निकासी बढाउन आवश्यक र अनिवार्य रहेको बताउँदै नेपालबाट वर्कपरमिट भिसामा जाने कूल संख्याको करिव एक चौथाई श्रम शक्ति कतारमै रहेको हुँदा हालको उच्चस्तीय भ्रमणले यस दिशातर्फ पनि ठोस सकारात्मक परिणाम ल्याउने अपेक्षा रहेको बताए ।
सो अवसरमा नेपाली एवम् कतारी उद्यमी, व्यवसायी, भ्रमण प्रतिनिधि मण्डलका सदस्यहरु, कतार दुतावासका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०९:०७ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...