back

माथिल्लो तामाकोशीको सेयर बाँडफाँड, हेर्नुहोस कसले कति पाए ?

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

348 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको छ ।

आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र ‘ग’ वर्गले ३४ कित्ता शयेर पाएका छन् ।

‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता आवेदन गर्नेले १०० कित्ता नै र ११० देखि ३०० कित्तासम्म आवेदन गर्नेले १०२ कित्ता पाएका छन् । त्यसैगरी ‘ख’ वर्गका ३० देखि ४० कित्ता शयेर माग गर्नेले माग बमोजिम र ५० कित्तादेखि ३०० कित्तासम्म माग गर्नेले ४८ कित्ता श्येर पाएका छन् भने ‘ग’ वर्गका ३० देखि ४० कित्ता माग गर्नेले ३२ कित्ता र ४० देखि ३०० कित्तासम्म माग गर्नेले ३४ कित्ता शयेर पाएका छन् ।

गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महिनापछि शेयर बाँडफाँड गरेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो ।

आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दालाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी आइपीओ बाँडफाँड गरिएको हो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०९:१४ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...