१५ कात्तिक, वीरगञ्ज । विसं २००७ देखिका विभिन्न आन्दोलमा भाग लिएका स्वतन्त्रता सेनानी ९४ वर्षीय हरिहर गुप्ताको बुधबार निधन भएको छ ।
विसं २०१० मा बिपी कोइरालासँगै निर्वासित जीवन बिताई मेलमिलापको अवसरमा स्व कोइरालासँगै नेपाल प्रवेश गरेका गुप्ता केही दिनदेखि मिर्गौला तथा हृदय रोगबाट पीडित भई वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहेका थिए । तीन छोरा र तीन छोरीका पिता गुप्ताको बुधबारै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०९:१६ मा प्रकाशित




























