back

निरौलाले जेल नबसी पुनरावेदन गर्न पाउने

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

291 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक, काठमाडौँ । सर्वोच्च अदातलले पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले विहिबार जेलमा नबसीकन पनि मुद्दामा पुनरावेदन गर्न पाउने आदेश दिएको हो । आदेशमा गत भदौ १ देखि लागू भएको मुलुकी फौजदारी कायविधि (संहिता) ऐन २०७४ मा दिएको सुविधाअनुसार निवेदकलाई धरौटी वा जमानत लिइ पुनरावेदन गर्ने अनुमति दिनु कानूनसम्मत र न्यायोचित देखिने उल्लेख छ ।

मुलुकी फौजदारी (संहिता) ऐनमा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश भई थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसूरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गरेमा र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले निजसँग धरौटी वा जमानत लिइ पुनरावेदन गर्ने अनुमति दिन सक्ने व्यवस्था गरेको छ ।

विशेष अदालतले नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी अधिकृत हुँदा भ्रष्टाचार गरेको ठहर गर्दै निरौलालाई ७ वर्ष कैद र रु ८० लाख ५१ हजार बिगो र रु ५४ लाख ५९ हजार जरिवाना तोकेको थियो ।

मुलुकी फौजदारी संहिता ऐनको व्यवस्थाअनुसार निरौलाले यही कात्तिक ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतल प्रशासनले सो रिट निवेदनको दरपीठ गरेको थियो । निरौलाले दरपीठविरुद्ध अर्को निवदेन दिएका थिए । सो निवेदनमाथिको सुनुवाइमा अदालतले सो आदेश गरेको हो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १०:२५ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...